ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीदेखि परशुरामसम्म अटो र्‍याली हुँदै, दोधारा चाँदनीमा अटोक्रस

मङ्गलबार २३, पुष २०८१ ०५:१४

धजगढी । सुदूरपश्चिममा अटो र्‍याली र अटोक्रस आयोजना गरिने भएको छ । सुदूरपश्चिम अटोमोबाइल्स संघको आयोजना र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सहयोगमा फागुन १६ र १७ गते मोटर स्पोर्टसअन्तर्गतका खेल गर्न लागिएको हो ।

‘धनगढीबाट सुरु गरिने अटो र्‍यालीमा न्यूनतम ५० वटा कार र जीप सहभागी हुनेछन्,’ सुदूरपश्चिम अटोमोबाइल्स संघका अध्यक्ष पुष्कर ओझाले भने, ‘उक्त र्‍याली धनगढीको शिवपुरी धामदेखि सुरु भएर डडेल्धुराको परशुराम धामसम्म पुग्ने छ । उक्त  र्‍यालीले ले सुदूरपश्चिमको धार्मिक पर्यटनमा पनि महत्वपुर्ण भूमिका खेल्नेछ ।’ 

ओझाका अनुसार उक्त र्‍यालीको विजेताले ८१ हजार, दोस्रोले २७ हजार र तेस्रोले नौ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । सम्पूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

र्‍यालीकै क्रममा दोधारा चाँदनीमा अटोक्रस आयोजना गरिने सुदूरपश्चिम अटोमोबाइल्स संघले जनाएको छ । अटोक्रसमा  र्‍यालीमा सहभागी २० सवारी चालकलाई सहभागी गराइने अयोजनकले जनाएको छ । ‘जुनसुकै क्षमता तथा डिजाइनका निजी कार र जीपलाई  र्‍यालीमा समावेश गराइनेछ भने अटोक्रस मा हजारदेखि ४६ सय सिसीसम्मका कार मात्र हुनुपर्नेछ,’ अध्यक्ष ओझाले भने । ¥याली र अटोक्रस आयोजना गर्न साढे १७ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया