बैतडी । बैतडी एक युवकको भारतमा मृत्यु भएको छ । सुर्नया–७ पत्थरकोटका अन्दाजी ४५ वर्षीय हिक्मत लुहारको भारतमा मृत्यु भएको हो ।
रोजगारीको सिलसिलामा परिवारसहित भारतको बेंगलोरमा बस्दै आएका लुहारको सोमबार राति मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनको एक्कासी बिरामी भई मृत्यु भएको बताइएको छ । मृतक लुहारका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
प्रतिक्रिया