ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सार्वजनिक लेखासमिति सभापति पोखरेलका स्वकीय सचिव पक्राउ

बिहिबार २५, पुष २०८१ १२:५३

विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका-२ घर भई काठमाडौँ बस्दै आएका ४३ वर्षीय उनलाई बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो । 

अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् । उनीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ परेका अनिलले एमबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका–५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।  

उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएको थियो । ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।

 

प्रतिक्रिया