पोखरा । पोखरा महानगरपालिका-१६ दीपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेका धनगढीका युवक मृत भेटिएका छन् । प्रहरीका अनुसार कैलालीको धनगढी स्थायी घर भई पश्चिममाञ्चल ईन्जिनियरिङ कलेज लामाचौरमा अध्ययनरत पोखरा-१९ लामाचौरमा डेरा गरी बस्ने २१ वर्षका संगम पौडेलको ड्यामबाट खसेर मृत्यु भएको हो ।
बुधबार साँझ ७ बजेर २० मिनेट जाँदा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल कालीका गण कास्कीबाट उद्धार टोली खटिएको थियो । ४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको कालीका गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले जानकारी दिए ।
प्रहरीले २० मिनेट २५ सेकेन्डमा शव निकाली अस्पताल पुर्याएको थियो ।
प्रतिक्रिया