बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले विद्यालयहरुमा ल्यापटप र प्रोजेक्टर वितरण गरेको छ । विद्यालय डिजिटाइजेसन कार्यक्रम अन्तर्गत ६ ओटा विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए ।
उनका अनुसार प्रदेश सरकारको सहयोगमा एक शिक्षक एक ल्यापटप उपलब्ध गराउने रणनीति अनुरुप ल्यापटप वितरण गरिएको हो । पहिलो चरणमा निङ्गलाशैनी मावि देहीमाण्डौं, विरेन्द्र मावि शाहीलेक, मणिलेक मावि गुरुखोला, कुलौन मावि खतेडी, जोशीबुंगा मावि लमौता र केदार मावि सीम, लोडासौंलाई ल्यापटप र प्रोजेक्टर दिइएको छ ।
प्रति विद्यालय पाँचओटाका दरले ल्यापटप वितरण गरिएको र ४ ओटा विद्यालयमा ३/३ र दुईओटा विद्यालयमा २/२ का दरले प्रोजेक्टर वितरण गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए ।
कक्षाकोठालाई प्रविधिमैत्री बनाउन ल्यापटप र प्रोजेक्टर वितरण गरिएको नगरपालिकाका प्रमुख पुष्करराज जोशीले बताए । माध्यमिक तहका बाँकी विद्यालयहरुमा पनि यसै वर्ष ल्यापटप र प्रोजेक्टर वितरण गर्ने योजना रहेको बताइएको छ ।
प्रतिक्रिया