ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, कैलालीमा उपाध्याय

सोमबार २९, पुष २०८१ ०४:२१

धनगढी । सरकारले ५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । सुदूरपश्चिमको कञ्चनपुर र बझाङबाहेक ७ जिल्लामा पनि भूमि आयोगका अध्यक्ष नियुक्त गरिएका छन् । जसमा भूमि समस्या समाधान आयोग कैलालीको अध्यक्षमा यज्ञराज उपाध्याय नियुक्त भएका छन् । 

त्यसैगरी डडेल्धुराको अध्यक्षमा परशुराम नगरपालिका–३ का कैलाश कुमार पाण्डेय, बैतडीमा रमेश दत्त पाण्डेय, दार्चुलामा लालसिंह धामी, अछाममा राम आउजी, डोटीमा डम्बर बहादुर ओली र बाजुरामा जनक बहादुर रोकायालाई नियुक्त गरिएको छ । 

गठबन्धनमा आन्तरिक सहमति बाँकी भएकाले दुई जिल्लाका अध्यक्ष खाली राखिएको बताइएको छ । 

प्रतिक्रिया