धनगढी । प्यालेस्टाइनी विद्रोही समूह हमासले रिहा हुने बन्धकहरूको नाम इजरायललाई बुझाएको छ । केही बेरअघि हमासले सूची बुझाएको इजरायली मिडियाले उल्लेख गरेका छन् ।
यद्पि रिहा हुने बन्धकहरूको सूची सार्वजनिक भने नभएको बीबीसीले जनाएको छ । हमासले रिहा हुने बन्धकहरूको नाम नदिएको भन्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविराम तत्काल लागू नगर्न सेनालाई निर्देशन दिएका थिए ।
हमासले रिहा हुने बन्धकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश हुने आशा गरिएको छ ।
प्रतिक्रिया