बैतडी । बैतडीका रमेश लुहारको बस दुर्घटनामा परेर भारतमा मृत्यु भएको छ । पाटन नगरपालिका–४ चिल्लेपानी घर भएका २५ वर्षीय लुहारको भारतको गुजरातमा आफैले चलाउँदै गरेको बस शनिबार राति दुर्घटना हुँदा मृत्यु भएको पाटन–४ का वडा सदस्य लोकबहादुर ऐरले बताए ।
रोजगारीको सिलसिलामा भारतमा रहेका उनी सपरिवार गुजरातमा बस्दै आएका बताइएको छ । मृतक रमेशका श्रीमती र दुई छोराछोरी छन् ।
प्रतिक्रिया