ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेपाल अस्ट्रेलियासँग पराजित, समूह चरणबाटै बाहिरियो

बुधबार ०९, माघ २०८१ ०३:४३

काठमाडौँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो । 

नेपालकी कप्तान पूजा महतोले सबैभन्दा धेरै १८ रन बनाइन् । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाकी हसरत गिल, जुलिटी मोर्टन र लिली बेसिंगथवाइटले २/२ विकेट लिए । 

यसअघि मलेसियाको बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनायो । अस्ट्रेलियाकी काओइम्हे ब्रेले ४५ रन बनाइन् । नेपालकी कप्तान पूजा महतोले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् । 

प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । 


 

प्रतिक्रिया