धनगढी । नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत फेला परेपछि गृहमन्त्री रमेश लेखक कञ्चनपुर पुगेका छन् । शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित सडक पेटीमा कलौनी मृत फेलापछि दिउँसो गृहमन्त्री लेखक कञ्चनपुरको महेन्द्रनगर पुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार गृहमन्त्री लेखकले महाकाली प्रादेशिक अस्पतालमा पुगेर मृतक कलौनीका आफन्तलाई भेटेका छन् । गृहमन्त्री समक्ष मृतक कलौनीका बुवाले घट्ना अन्तै गरेर त्यँहा फालेको आशंका व्यक्त गरेका छन् । मोबाइल नभेटिनु र पर्स अन्तै भेटिनुले शंका उत्पन्न भएको छ,’ लेखकसमक्ष मृतक कलौनीका बुवाले भने ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जोशीका अनुसार कलौनीले प्रयोग गर्ने एक मोबाइल भेटिएको छैन । ‘एउटा मोबाइल भेटिएको छैन भने पर्स पनि खल्तीबाट निकालेर शवको केही पर राखिएको थियो,’ डीएसपी जोशीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखेका छौं । भेरी प्रादेशिक अस्पतालबाट फरेन्सिक विज्ञ टोली बोलाएका छौं ।’ घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो ।
प्रहरी स्रोतका अनुसार मृतक कलौनीको शरीरमा कुनै चोटपटक छैन । कलौनी अहिले नगर सभापतिसंगै महेन्द्रनगरको बैजनाथ माविका विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए । उनी नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री पनि हुन् ।
प्रतिक्रिया