ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु

आइतबार २०, माघ २०८१ ११:४७

पोखरा । तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भारत बिहारको मिर्जापुरका ३५ वर्षीय श्रीकान्त कुमार रहेका छन् । 

शनिबार साँझ ६ः४० बजेतिर भारतीय एचआर ५५ क्यू ४७११ नम्बरको ट्यांकर घुमाउरो सडकमा दुर्घटना हुँदा गम्भीर घाइते उनलाई प्रदेश अस्पताल दमौली पठाइएकोमा साढे ८ बजे चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी अशोक थापाले बताए । 

बुलेटमा चालक मात्र थिए । उक्त बुलेटले शक्ति ग्याँस कम्पनीको ग्याँस बोकेको थियो । 
 

प्रतिक्रिया