ताप्लेजुङ । भाउजूलाई कुटपिट गरेको आरोपमा देवर पक्राउ परेका छन् । प्रहरीका अनुसार फक्ताङलुङ गाउँपालिका-२ खेजेनिमका ५७ वर्षीय विष्णुकुमार लिम्बू पक्राउ परेका हुन् ।
उनले घरायसी विवादका कारण ५६ वर्षीया भाउजू सुकमाया लिम्बूलाई काठको आग्लोले प्रहार गरेको र अनुहारसहित शरीरका विभिन्न भागमा निलडाम रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शर्माले बताए ।
सुकमायालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र विष्णुकुमारमाथि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया