ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र परराष्ट्रमन्त्री राणाबीच भेट, यी विषयमा भयो छलफल

आइतबार २०, माघ २०८१ ०२:३८

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् । भेटघाटका क्रममा प्रदेशको समग्र विकास निर्माणका विषयमा छलफल भएको बताइएको छ । 

मुख्यमन्त्री शाहले परराष्ट्रमन्त्री राणासँग गेटा अस्पताल, प्रदेशको राजधानी, सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म बन्ने छ लेनको राजमार्ग, कैलालीको अत्तरियादेखि डडेल्धुरासम्म बन्ने दुई लेनको लोकमार्गलगायतका विषयमा छलफल गरेका छन् । उक्त जानकारी मुख्यमन्त्री शाहको सचिवालले दिएको छ ।

प्रतिक्रिया