ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लाठीले कुटपिट गरिएका एक जनाको मृत्यु

आइतबार २०, माघ २०८१ ०२:५७

झापा । कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ । दमकस्थित इलाका प्रहरी कार्यालयका अनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । 

कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया