दार्चुला । दार्चुलामा ७ हजार २६४ जना किशोरीलाई एचपिभी खोप लगाइँदै लगाइँदैछ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा दार्चुलाका सो संख्यामा किशोरीहरुलाई खोप लगाइने भएको हो ।
माघ २२ गतेदेखि सञ्चालन हुने अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोपका लागि जिल्लामा २२८ वटा खोप केन्द्र तोकिएका छन् । त्यस्तै २२४ जना स्वास्थ्यकर्मी, ४४८ जना स्वयंसेवक र १४० जना सुपरभाइजर खटिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया