ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

राष्ट्रियसभा बैठकमै सांसद भट्ट अस्वस्थ भएपछि...

आइतबार २०, माघ २०८१ ०३:२८

काठमाडौँ । राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चलान भइरहेका बेला अस्वस्थ भएका छन् । आसनग्रहण गरिरहेका अवस्थामा एक्कासी ढल्न खोजेपछि सभाअध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । 

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद भट्टलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्याइएको थियो । 

रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको र चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहेका स्वास्थ्यकर्मी भीमराज सिंहले जानकारी दिए । रासस
 

प्रतिक्रिया