काठमाडौँ । झापाको दमकमा ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीबिच झडप भएको छ । मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले अरुणपूर्वका ९ जिल्लामा आइतबार र सोमबार गरी दुई दिने बन्दको आह्वान गरेको छ ।
सोही क्रममा झडप हुँदा प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले झडपमा सहभागी ८ जनालाई पक्राउ गरिएको बताएका छन् । मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै चरणवद्ध आन्दोलनको घोषणा गरिएको छ ।
प्रतिक्रिया