ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका दुईसहित २४ जना तीन अर्बको अनलाइन जुवा कारोबारमा

सोमबार २१, माघ २०८१ १०:४३

ललितपुर । महानगरीय प्रहरी अपराध अनुसन्धान कार्यालयले विभिन्न आठ वटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गरेको आरोपमा २४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक छन् ।

प्रहरी टोलीले ललितपुर महानगरपालिका–२ सानेपाका दुई वटा घरबाट उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय ललितपुरसँगको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा डोटीको पुर्वीचौकीका तेज बोगटी र दार्चुलाको ब्यास गाउँपालिकाका हेमन्त धामी पनि रहेका छन् । 

प्रहरीका अनुसार उनीहरूले आठ भन्दा बढी बेटिङ साइटहरू प्रयोग गरी भारतीय एजेन्टहरूसँग ह्वाट्सएपमार्फत सम्पर्क गरेर अनलाइन जुवा खेलाउने गरेका थिए । जुवाको रकम भारतका विभिन्न बैंक खाताबाट डिपोजिट र विथड्र गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले तीन अर्ब चार करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । प्रहरीले उनीहरूको साथबाट ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम कार्ड, ८८ थान सिमकार्ड, १२ थान चेकबुक, ८ थान आधार कार्ड र ६ थान राहदानी बरामद गरेको छ । 

प्रतिक्रिया