ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विविध कार्यक्रमका साथ विणा विद्या मन्दिरको २० औं वार्षिकोत्सव सम्पन्न

मङ्गलबार २२, माघ २०८१ ०५:०४

कैलाली । गौरीगंगा नगरपालिकाको वडा नम्बर ६ स्थित विणा विद्या मन्दिर माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रुपले सम्पन्न भएको छ । हप्ताव्यापी रुपमा सञ्चालन गरिएको विद्यालयको वार्षिकोत्सवको अवसरमा हाजिरी जवाफ प्रतियोगिता, फुड फेस्टिभल, खेलकुद, गायन, नाटक, नृत्यलगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।  

विणा विद्या मन्दिर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बोगटीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गौरीगंगाका नगरप्रमुख देवीदत्त कडेल रहेका थिए भने वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर कुँवर विशिष्ट अतिथि रहेका थिए । 

वार्षिकोत्सव समापन समारोहमा २०८० सालको नगरस्तरीय आधारभूत तह कक्षा ८ को परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो । प्रथम स्थान हाँसिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र नगद २ हजार रुपैयाँ, द्वितीय हुनेलाई प्रमाणपत्र नगद १५ सय र तृतीय हुने विद्यार्थीलाई प्रमाणपत्र नगद एक हजारसहित पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट अंक ल्याउने १२ जना विद्यार्थीलाई प्रमाणपत्र, नगद एक हजारसहित पुरस्कृत गरिएको विद्यालयका शिक्षक प्रतिनिधि तथा कार्यक्रम सञ्चालक शेरबहादुर बडैलाले बताए । 

वार्षिकोत्सव समापन समारोहमा हरेक वर्ष १ जना शिक्षक र १ जना विद्यार्थीलाई उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थीको उपाधि प्रदान गरिँदै आएको छ । यसपटक शिक्षकतर्फ लालबहादुर खड्का र विद्यार्थीतर्फ कक्षा ९ मा अध्ययनरत छात्रा निशा ओझाले उक्त उपाधि पाएकी छन् । विद्यालयबाट कक्षा ८ पास गरी २०७८ मा  अन्य विद्यालय अध्ययन गरी २०८० सालमा सञ्चालित एसईई परीक्षामा उत्कृष्ट अंकका साथ उत्रीर्ण भएका निखिल साउँद लगायत ५ जनालाई प्रमाणपत्रसहित नगद एक हजारका दरले पुरस्कृत गरिएको थियो ।  

त्यस्तै नगरपालिका स्तरीय खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा सहभागी भएर विजेता बनेका विद्यालयका सहभागी विद्यार्थीहरुलाई पुरस्कारसहित प्रमाणपत्र दिइएको थियो । विद्यालयलाई विभिन्न किसिमले सहयोग गर्ने ४ जना स्थानीय अभिभावक एवं समाजसेवीलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनेमा रानीफाँटा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष बहादुर साहु , विणा ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवी पुरन सिं, अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक उजिर सिंह कुवँर, विद्यालयका पूर्व लेखा संयोजक झपट साउँद रहेका छन् । 

विद्यालयका संस्थापक प्रधानाध्यापक लक्ष्मण विक्रम शाहीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दलबहादुर बोगटीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नगरप्रमुख कडेल र वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर कुवँरसहित डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरत रावत डोटेली कान्छा ,विद्यालयका पूर्वअध्यक्ष एकम छेडाल, अमर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर कुवँर, जुपिटर एकेडेमीका प्रधानाध्यापक मनिराम धामी, कैलाली भिजन इङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक ध्वजबहादुर बोगटी, विणा ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष पुरन सिं कडायत, सान्नीकोट सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

२०६२ सालमा ५ जना विद्यार्थीबाट सुरु गरिएको सार्वजनिक गुठी विद्यालयमा हाल झन्डै ६ सयको हाराहारीमा विद्यार्थी रहेका छन् ।

 

प्रतिक्रिया