ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको एक कुखुरा फार्ममा आगलागी

बुधबार २३, माघ २०८१ १०:०७

धनगढी । कैलालीको एक कुखुरा फार्ममा आगलागी भएको छ । मङ्गलबार राति गौरीगंगा नगरपालिका-१० उदासीपुरका ४० वर्षीय धनसिह भण्डारीको काठले बनेको खरले छाएको कुखुरा फार्ममा आगलागी भएको हो । 

आगलागीबाट फार्मभित्र रहेका ब्रोइलर कुखुराको चल्ला, दाना, औषधी, काठ, खर लगायतका सामानहरु गरी अन्दाजी १ लाख ५७ हजार ३०० मूल्यको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया