ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा एक पुरुष मृत फेला

बुधबार २३, माघ २०८१ १०:३०

धनगढी । डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । मङ्गलबार राति ८:५० बजेको समयमा जिल्लाको अजयमेरु गाउँपालिका-५ लेटम बस्ने अन्दाजी ५८ वर्षीय शेरबहादुर पाल मृत फेला परेका हुन् । 

उनी सोही ठाउँको लाटाकटारी मन्दिरको प्रतिक्षालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया