धनगढी । कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । मङ्गलबार टीकापुर नगरपालिका-१ खडकचोकबाट सोही ठाउँ ब्लक नम्बर १३ बस्ने २२ वर्षका अंकित चौधरी ८० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया