धनगढी । कञ्चनपुरमा प्रहरीले ढाई लाख बढी मूल्यको अवैध सामान फेला पारेको छ । मङ्गलबार जिल्लाका विभिन्न स्थानमा २ लाख ५६ हजार ९७५ मूल्य बराबरको अवैध रुपमा भारतबाट भन्सार छली ल्याइएको सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।
भीमदत्त नगरपालिका-११ भुजेला, दोधारा चाँदनी नगरपालिका-१ फोरलाईन पक्की पुल र भीमदत्त-७ कञ्चभोजबाट प्याज, चिनी, मिश्री, थान कपडा, हरियो खुर्सानी, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया