ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विपिन जोशीको रिहाइका लागि इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन

बुधबार २३, माघ २०८१ ०१:०६

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलका राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् । मंगलबार अपराह्न राजदूत पण्डितले त्यहाँका राष्ट्रपति हेर्जोगसँग टेलिफोन संवाद गरेको परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको छ । 

संवादका क्रममा राष्ट्रपति हेर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरुको उद्धारका लागि सबै प्रयासहरु लगाइरहेको भनेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । 

हमास र इजरायलबिच भएको युद्ध विरामको क्रममा दुवैतर्फ बन्धक बनाइकाहरुलाई रिहाइ गर्ने क्रम जारी भए तापनि विपिनको भने हालसम्म कुनै अत्तोपत्तो छैन ।

प्रतिक्रिया