काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट लागुऔषधसहित कैलालीका युवक पक्राउ परेका छन् । लागुऔषध ट्रामाडोल ४७ पिससहित कैलालीको लम्कीचुहा नगरपालिका–६ बस्ने २३ वर्षीय रोशन रावल मंगलबार पक्राउ परेका हुन् ।
उनलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उक्त लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया