काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका कुनै पनि सामाजिक सञ्जाल चल्न नदिने चेतावनी दिएका छन् । उनले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका छन् ।
सञ्चारमन्त्री गुरूङले एक कार्यक्रममा बोल्दै भने, ‘हामीसँग अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्टयाक्ट तोकेर बसेको आज टिकटक मात्रै छ । हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ की आउँदैन, हेर्न बाँकी छ । आएन भने नेपालमा चल्न दिन्नौँ ।’
उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताए । मनपरी लेख्ने, मनपरी गर्ने कुरा लोकतन्त्र नभएको हुँदा त्यसकै नियमनका लागि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेस गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया