काठमाडौँ । नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी(२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ । नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले हरायो ।
नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई भेटायो । नेदरल्यान्ड्सका स्टेर कालिसले ९८ र पेबे मोलकेनबोरले ४८ रन बनाए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो । नेपालकी अलराउन्डर पूजा महतोले अर्धशतक बनाइन् । पूजाले ५१ बलमा नटआउट ६२ रन जोडिन् । यस्तै कप्तान इन्दु बर्माले ३९, रुबिना क्षेत्रीले २० रन बनाए । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले २ विकेट लिइन् ।
नेपालले यसअघिका ४ वटै खेल हारेको छ । नेपाली महिला टोली नेदरल्यान्ड्स र थाइल्यान्डसँग २/२ पटक पराजित भएको छ ।
प्रतिक्रिया