ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पुल मर्मतका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता

बुधबार २३, माघ २०८१ ०४:०९

सुर्खेत । सुर्खेतमा झोलुंगे पुल मर्मत गर्ने क्रममा खसेर दुई जना भेरी नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ का २४ वर्षका अनिल घर्ती र सोही ठाउँका १८ वर्षका अर्जुन झाक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ । 

सुर्खेतको बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१४ जोड्ने भेरी नदीमाथि झोलुङ्गे पुल मर्मतको काम चलिरहेकोमा बुधबार दिउँसो १ बजेतिर पुलका लट्ठा तान्ने क्रममा उनीहरू नदीमा खसेको सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए । 

उनीहरूको खोजीका लागि बाबियाचौरबाट प्रहरी निरीक्षकको टोली र वीरेन्द्रनगरबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा गइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया