ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा आजदेखि सुरु भयो मानवसेवा आश्रमको महायज्ञ

बुधबार २३, माघ २०८१ ०५:०६

धनगढी । मानव सेवा आश्रमले धनगढीमा आजदेखि श्रीमदभागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु गरेको छ । आश्रमले धनगढीमा आफ्नै भवन निर्माण गर्ने उद्देश्यले सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु गरेको हो ।  

धनगढी उपमहानगरपालिका-१ पशुपति टोलस्थित महोत्सवस्थलमा आयोजना गरिएको महायज्ञ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका छन् । महायज्ञ यही माघ ३० गतेसम्म सञ्चालन हुनेछ । 

आश्रमले भवन निर्माणका लागि १५ करोड रुपैयाँभन्दा बढी लाग्ने र महायज्ञबाट ५ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । आश्रमको धनगढी शाखाले हालसम्म करिब ४ सय जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरेको जनाएको छ ।


 

प्रतिक्रिया