ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको नोभा अस्पतालको शौचालयमा युवक मृत भेटिए

बिहिबार २४, माघ २०८१ ०८:२६

धनगढी । कैलालीको धनगढीमा रहेको नोभा अस्पतालको शौचालयमा कुरुवा मृत फेला परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैयाका २५ वर्षीय रविन्द्र राना मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना आज बिहान साढे २ बजेको हो । `बिरामी भतिजाको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको छन्,´ उनले भने, `२ बजेतिर शौचालय गएका रहेछन् । लामो समयसम्म नफर्किएपछि अस्पतालका सुुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।´

डीएसपी बोहराका अनुसार मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुुसन्धान भइरहेको उनले जानकारी दिए । 

प्रतिक्रिया