धनगढी । कञ्चनपुरको भवानी कालिका कन्स्ट्रक्सनमा आगलागी हुँदा एक करोडको क्षति भएको छ । बिहीबार बिहान वेदकोट नगरपालिका६ मुसेपानीमा हर्क मल्लले सञ्चालन गरेको भवानी कालिका कन्स्ट्रकसन प्रालीको गोदाममा आगलागी भएको हो ।
विद्युतको तार सर्ट भई आगलागी हुँदा गोदाममा रहेका सिमेन्ट, प्लाइबोर्ड, रबर सिल, टायल, क्रसर पट्टा, ईन्जिन वयल, डिजेल, पेट्रोल, टायर, सेप्टि फ्रेम, जोइन्ट फिलर, ह्याबी ग्रिस ड्रम, हाईड्रोलिक लिटर ड्रम लगायतका सामानहरु गरी अन्दाजी एक करोड रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया