ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

१८५ वर्षपछि डडेल्धुरामा देखियो ‘सानो ओत’

बिहिबार २४, माघ २०८१ १०:३५

धनगढी । नेपालमा लोप भइसकेको भनिएको सानो ओत ९एसियन स्मल क्लावड ओत० १८५ वर्षपछि डडेल्धुरामा देखापरेको छ । सन् १८३९ यता नेपालमा नदेखिएको सो प्रजातिको ओत डडेल्धुराको रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलमा देखापरेको हो । 

डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलबाट स्थानीयले सानो ओतको छाउरालाई पक्रेर ल्याएका थिए । सो ठाउँमा सानो ओतको बथान नै रहेको बताइएको छ । डडेल्धुरामा फेला परेसँगै सानो ओतको अस्तित्व अझै कायमै रहेको पुष्टि भएको छ । 

प्रतिक्रिया