ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारतको झण्डै ५ करोड सहयोगमा कञ्चनपुरको एक विद्यालय भवन बनाइँदै

बिहिबार २४, माघ २०८१ १०:५८

कञ्चनपुर । वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ । भवन बनाउन दूतावासले चार करोड ९९ लाख ९८ हजार ६४० रुपैयाँ प्रदान गर्ने वेदकोट नगरप्रमुख भोजराज बोहराले बताए । 

'दूतावासमा उदयदेव र शारदा माध्यमिक विद्यालय भवन निर्माणका लागि प्रस्ताव पेस गरेका थियौँ', उनले भने, 'उदयदेवको भवन निर्माणका लागि प्रस्ताव स्वीकृत भएको छ ।' विद्यालय भवन निर्माणको दश प्रतिशत लागत पालिको बेहोर्ने उनले बताए । रासस 

प्रतिक्रिया