ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीको बनारसी धाममा भोलि जात्रा, पाटनमा बिदा

बिहिबार २४, माघ २०८१ ०१:३७

बैतडी । बैतडीको पाटन नगरपालिका–३ मा रहेको प्रसिद्ध वनारसी धाममा भोलि जात्रा लाग्ने भएको छ । हरेक वर्ष माघ शुक्ल पक्षको प्रतिपदाबाट पूजाआजा सुरु भई माघ शुक्ल दशमीका दिन बनारसी धाममा जात्रा लाग्ने गर्दछ । 

बनारसी मन्दिरमा दलित समुदायका पूजारीले पूजा गर्ने गर्दछन् । परापूर्वकालदेखिको यो चलनले जातीय भेदभाव गर्न नहुने कुरा सिकाएको पण्डित गणेशप्रसाद पन्तले बताए । देवता र दैत्यबीच लडाईँ हुँदा खोपरे नामक दैत्यलाई बनारसी देवताले मारेको किम्वदन्ती छ । सोही समयदेखि बनारसी देवतालाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने चलन छ । बनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग स्थापना गरिएको छ । जसले पछिल्लो समय दर्शनार्थीको संख्या बढ्दै गएको पण्डित पन्तले बताए । 

जात्राका अवसरमा पाटन नगरपालिकाले भोलि माघ २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पालिकाभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था एवं शैक्षिक संस्थाहरूमा बिदा दिइएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । 


 

प्रतिक्रिया