ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछाममा ढुङ्गाखानीमा पहिरो खस्दा एक जनाको मृत्यु, एक गम्भीर

आइतबार २७, माघ २०८१ ०४:५९

अछाम । अछाममा ढुङ्गाखानीमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मेल्लेख गाउँपालिका-५ कौलेनामा ढुङ्गा निकाल्ने क्रममा खानीमाथि पहिरो खस्दा सोही वडाका ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।  

आइतबार दिउसो २ बजे भएको घटनामा मृतकका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का गम्भीर घाइते भएका र उनको बयालपाटा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ ।  
 

प्रतिक्रिया