ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अर्जुन ट्रफी: फाइनलमा अत्तरियाले डडेल्धुरालाई दियो ११९ रनको लक्ष्य

सोमबार २८, माघ २०८१ ०२:५०

धनगढी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सिवाइसी अत्तरियाले फ्रेन्ड्स क्लब डडेल्धुरालाई एक सय १९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रन बनाएको थियो । 

अत्तरियाका लागि रासिद खानले ३१ रन बनाए । यस्तै, सन्तोष कार्की र शंकर रानाले समान २०–२०, सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ र भीम सार्कीले १० रन बनाए । 

डडेल्धुराका लागि अभिषेक गौतमले ४ विकेट लिए । यस्तै अजय चौहान र कुशल भुर्तेलले एक–एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए । 

प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् ।

प्रतिक्रिया