ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मङ्गलबार २९, माघ २०८१ ०८:११

धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१२ स्थित भाइरल रोडमा सुपप्र ०१–०१२ प ९२४९ नम्बरको बुलेट बाइक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक डम्बर भट्टका अनुसार दुर्घटनामा परी भीमदत्त नगरपालिका–१३ बडैपुरका २१ वर्षीय गणेश विष्ट र भीमदत्त नगरपालिका–१६ का २१ वर्षीय कैलाससिंह साउँदको मृत्यु भएको हो ।

सडक छेउका डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले निरीक्षक भट्टले जानकारी दिए । 
 

प्रतिक्रिया