धनगढी । बैतडीमा ‘मेनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता’ सुरू भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुर्नया गाउँपालिकाले दोगडाकेदार गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरूआत गरेको छ ।
सुर्नयाले २५–१८, २५–२२ र २५–२३ को सेटले दोगडाकेदार गाउँपालिकालाई पराजित गरेको हो । प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै स्थानीय तहको सहभागिता रहेको छ । प्रतियोगिता फागुन १८ गतेसम्म सञ्चालन हुनेछ ।
विजेता टिमलाई नगद एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, तृतीय स्थान हासिल गर्ने टिमलाई ३५ हजार, सान्त्वना पुरस्कार स्वरूप १५ हजार, र उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ प्रदान गरिने ट्रस्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए ।
प्रतिक्रिया