ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको जंगलमा दुई जना मृत भेटिए

आइतबार १८, फागुन २०८१ ०१:१४

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा दुई जना मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका–९ मा रहेको शैलेश्वोरी सामुदायिक वनमा वडा नम्बर १० का ५० वर्षीय देवल चौधरी र सोही ठाउँका ५१ वर्षीय कैदा राना मृत अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार एक जनाको झुण्डिएको अवस्थामा र अर्काको भूईमा पल्टिएको अवस्थामा शव फेला परेको छ । ‘चौधरीको रुखमा झुन्डिएको अवस्थामा र रानाको केही पर पल्टिएको अवस्थामा शव फेला परेको छ,’ डीएसपी बोहराले भने, ‘आइतबार बिहान स्थानीय बासिन्दाले दुबै जनालाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।’

डीएसपी बोहराका अनुसार घटनास्थल नजिक दुई वटा साइकल भेटिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । मृतक रानाका छोरा कैलास रानाको गत भदौमा मोहना नदीमा डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया