ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा अन्तरपालिका भलिबलः सेमिफाइनलका खेलहरू हुँदै

सोमबार १९, फागुन २०८१ १०:०५

बैतडी । बैतडीमा जारी मेनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताअन्तरगत सेमिफाइनलका खेलहरू आज हुँदैछन् ।

दुबै सेमिफाइनलका खेलहरू भइरहेका हुन् । पहिलो सेमिफाइनलमा साविक विजेता मेलौली नगरपालिका र सुर्नया गाउँपालिका भिड्नेछन् । उक्त खेल गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेल मैदानमा हुने रेफ्री संयोजक हरि भण्डारीले बताए । 

मेलौली शिवनाथ गाउँपालिकालाई हराउदै सेमिफाइनल पुगेको हो भने सुर्नयाले पुर्चौडी नगरपालिकामाथि जित निकाल्दै अन्तिम चारमा पुगेको थियो ।

शाहिलेकस्थित विरेन्द्र माविको खेल मैदानमा हुने दोस्रो सेमिफाइनलमा दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाबीच खेल हुनेछ । दोगडाकेदार गाउँपालिकालाई स्तब्ध पार्दै दशरथचन्द सेमिफाइनलमा पुगेको हो भने सिगासले पाटन नगरपालिकामाथि सहज जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको थियो ।

मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा गत बिहीबारदेखि सुरु भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागीता रहेको थियो । प्रतियोगिताको विजेताले एक लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए । 

यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई पाँच हजार पुरस्कार दिइनेछ ।

प्रतिक्रिया