ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडी गोलीकाण्डमा संलग्न कर्णबहादुर दार्चुलाबाट पक्राउ

शुक्रबार २३, फागुन २०८१ ०३:५९

धनगढी । गोली प्रहार गर्दै भाइको हत्या गर्ने बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुबाट बिष्टलाई पक्राउ गरिएको हो । 

गत शनिबार भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र बिष्टको गोली प्रहार गरी हत्या गरे बिष्ट लगत्तै फरार थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल नेतृत्वको टोलीले बिष्टलाई भारत भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

फरार कर्णबहादुरलाई मोबाइलको लोकेशनको आधारमा पक्राउ गर्न सफल भएको डीएसपी दाहालले बताए । उनलाई पक्राउ गर्न बैतडीबाट पनि प्रहरी दार्चुला पुगेका थिए ।

प्रतिक्रिया