धनगढी । बझाङ भूकम्पको १७ महिनापछि पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाइ स्थापना गरिएको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकले कार्यान्वयन इकाइ कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटनको क्रममा गृहमन्त्री लेखकले अब पुनर्निर्माण र पुनर्स्थापनाको काम अगाडि बढ्ने बताए । पूर्ण रूपले क्षति भएका निजी भवनको पुनर्निर्माण गर्ने अवस्थामा पुगेको बताउँदै उनले त्यसको लागि आवश्यक बजेट पनि व्यवस्था भइसकेको बताए ।
`निजी आवासको पुनर्निर्माणलाई अगाडि बढाउन जिल्लामै कार्यालय खोल्ने काम पनि आजदेखि प्रारम्भ गरेका छौँ,´ उनले भने । उनले पुनर्निर्माणमा सहयोग गर्न स्थानीय सरकारलाई पनि आग्रह गरे । बझाङमा ०८० असोज १६ गते गएको भूकम्पका कारण एक जनाको मृत्यु, २९ जना घाइते र सात हजार बढी संरचनामा क्षति पुगेको थियो ।
प्रतिक्रिया