ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा दुई बालिका बलात्कृत, दुई जना पक्राउ

सोमबार २६, फागुन २०८१ १०:४१

दार्चुला । बैतडीमा दुई बालिकामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई जनालाई बैतडी प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार मेलौली नगरपालिकाकी १६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । ती पुरुषले बालिकामाथि २०८० असार र कात्तिकमा जबरजस्तीकरणी गरेको जाहेरी परेपछि उनलाई प्रहरीले आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पक्राउ परेका ती पुरुषलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । उक्त घटनामा संलग्न भनिएका पुरुषको परिचय पनि गोप्य राखिएको छ । 

यस्तै, शिवनाथ गाउँपालिकाकी १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ती पुरुषले फकाएर गत माघमा बालिकामाथि बलात्कार गरेको जाहेरीको आधारमा उनलाई आइतबार पक्राउ गरिएको बैतडी प्रहरी प्रवक्ता बडूले जानकारी दिए ।

प्रतिक्रिया