ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराको सहकारीमा चोरी: अध्यक्ष र प्रबन्धकसहित पाँच जना पक्राउ

सोमबार २६, फागुन २०८१ ०३:३६

डडेल्धुरा । डडेल्धुराको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम चोरी भएको एक वर्षपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष बिरेन्द्र बिष्ट, प्रबन्धक हरिशप्रसाद भट्ट, सहायक प्रबन्धक सुमित्रा भट्ट लगायत अन्य सहकारीसँग आबद्ध व्यक्तिहरू पनि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा लगिदै छ । प्रारम्भिक अनुसन्धानको क्रममा चोरीमा उनीहरू संलग्नता देखिएकोले थप अनुसन्धान जारी थालिएको डीएसपी श्रेष्ठले बताए । 

गत चैत २३ मा परशुराम नगरपालिका–४ कटालस्थित उक्त सहकारीको कार्यालयबाट ११ लाख १३ हजार चोरी भएको थियो । कार्यालयको पछाडिको ढोका खोलेर नगद राखिएको लकर फुटाइ रकम चोरी भएको थियो । सीसीटीभी फुटेजको आधारमा अनुसन्धान जारी राखिएको थियो ।
 

प्रतिक्रिया