धनगढी । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा सबैभन्दा परिपक्क व्यक्ति भएको बताएका छन् । कैलालीको धनगढीमा भइरहेको काँग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘आदरणीय सभापति पाँच पटक बनिसक्नुभएको छ,’ उनले भने, ‘छैठौ पटक बन्ने कुरा ठुलो होइन । उहाँले केपी ओलीलाई, प्रचण्डलाई प्रधानमन्त्री बनाएको हामीले देखिसकेका छौं । राष्ट्रपति बनाएको पनि देखेका छौं । हुनसक्छ काँग्रेसका कसै अरुलाई पनि प्रधानमन्त्री बनाएको पनि देख्न सक्छौं ।’
राजाको शासनको समयमा बोल्नसमेत नपाइएको स्मरण गर्दै महामन्त्री शर्माले त्यो व्यवस्थाप्रति कसैको पनि चासो नरहेको दाबी गरे । ‘राजाको शासनले मुख बन्द ग¥यो, लेख्न दिएन,’ उनले भने, ‘त्यो शासनले थुप्रैलाई फाँसीमा चढायो । अहिले त्यो व्यवस्थातर्फ आम नागरिकको चासो छ भन्नु भ्रम मात्रै हो ।’
प्रतिक्रिया