ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैंकहरुमा ऋण नपाउने अवस्था छैन : सुवेदी

बिहिबार १३, मङि्सर २०८१ ०२:५६

धनगढी । बैंकर्स एसोसिएसनका सुदूरपश्चिम प्रदेश संयोजक एवम् ग्लोबल आइएमइ बैंकका सुदूरपश्चिम प्रदेश प्रबन्धक पुकार सुवेदीले बैंकहरुबाट ऋण पाउन मुस्किल हुने अवस्था अहिले नरहेको बताएका छन् । 

सहजरुपमा ऋण प्रवाह भइरहे पनि अपेक्षितरुपमा लगानी भने बढ्न नसकेको उनको भनाइ छ ।  अग्रलेख मल्टिमिडिया प्रालिले गरेको संवादमा उनले अहिले बैंकहरुमा करिब पाँच सय ८० अर्ब रुपैयाँ रहेको जानकारी दिए । 

‘पहिले लोन नपाउने अवस्था थियो, अहिले बैंकहरुमा पाँच सय ८० अर्ब छ’ उनले भने, ‘बैंकिङ क्षेत्रले लगानीलाई प्राथमिकता दिएको छ ।’ लगानीका लागि बैंकको ब्याजदरमात्र मुख्य आधार नभएको उनले बताए । 

‘विगतमा ब्याजदर घटाउनुपर्ने आन्दोलन थियो । बैंकहरुको एभरेज बेसरेट अहिले ७.२९ प्रतिशत छ’ सुवेदीले भने, ‘लगानीका लागि बैंकको ब्याजदरमात्र एउटा कारण रहेनछ ।’ सुदूरपश्चिममा बैंकहरु निक्षेप हाल एक सय ४८ अर्ब र लगानी एक सय ५२ अर्ब रहेको उनले जानकारी दिए ।  
 

प्रतिक्रिया