धनगढी । कैलालीमा पाँच दिनदेखि बेपत्ता एक युवक मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने २९ वर्षीय अजय स्वर्णाकार आइतबार मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनी २८ फागुनदेखि बेपत्ता थिए । कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले स्वर्णाकार चुहाकै चिनी मिल अगाडि मृत भेटिएको जानकारी दिए ।
परिवारले स्वर्णाकारको खोजीका लागि भन्दै शनिबार मात्र इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए ।
प्रतिक्रिया