धनगढी । कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–७ कलुवापुरका ३२ वर्षीय पदम रानाको ज्यान गएको हो ।
राना आफ्नो घरको अगाडि आँगनमा बसेको बेला चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
उता आइतबार बेलुकी घरमा चट्याङ पर्दा अछाममा दिदीबहिनी घाइते भएका छन् । मेल्लेख गाउँपालिका –६ षोडशाकी १९ वर्षीया मेनुका बोहरा र ११ वर्षीया निर्मला बोहरा घाइते भएका हुन् ।
घाइतेमध्येकी मेनुकाको बाहिरी चोट नभए पनि बोल्न नसक्ने र निर्मला भने सामान्य घाइते भएको अछाम प्रहरीले जानकारी दिएको छ । घाइतेको बयलपाटा अस्पताल उपचार भइरहेको छ ।
प्रतिक्रिया