ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनको भाउमा नयाँ रेकर्ड

मङ्गलबार ०५, चैत २०८१ ११:०२

काठमाडौं । मंगलबार सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो ।

आज सुन प्रतितोला एक लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन एक लाख ७४ हजार एक सय रुपैयाँ थियो ।

यसअघि गत शुक्रबार सुनको मूल्यले एक लाख ७४ हजार पाँच सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया