काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले दर्ज्यानी चिह्न लगाएका छन् । उनलाई गृह मन्त्रालयमा आयोजित एक समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । यससँगै उनले ३१औँ प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन् ।
वसन्तबहादुर कुँवरले ३० वर्षे सेवा अवधिका कारण सोमबार अनिवार्य अवकास पाएका थिए । त्यसै दिन सरकारले थापालाई आईजीपी बनाएको हो ।
प्रतिक्रिया